lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yabesh thapa – jhari

Loading...

[intro]
समय सँगै
हिड्ने कोशिस
आफैलाई
चिन्ने कोशिस
भागीराछु, डर लाग्छ
कतै यो मन फेरि अल्झि लड्छ

[verse 1]
यो झरी ओर्ली आकाशमा, घाम आएपछि
ती किरण महसुस गर्न मन छ
यो इन्द्रेणी आई आकाश खुसी भए जस्तै
मलाई नि मुस्कुराउन मन छ
यो चराचुरुङ्गी बतासमा, खेलि हिँडे सरी
मलाई नि उडिरहन मन छ
यो क्षितिज माथि
यो संसार पारी
एक्लै बसी सास फेर्न मन छ

[verse 2]
खोजी रहन्छु आफैलाई
यो भीड भित्र अल्झिरहेको छ कि मेरो
मन?
सोधीबस्छु आफैलाई
के यही नै होर
जीवन?
बर्खामा रुझिरहन्छु
फिक्का लाग्दैछ जिन्दगीका रंगहरू
कोरेका चित्रहरू सँगै
बगिगए भावनाहरू

[bridge]
अन्धकारमा झस्किएको मन
उज्ज्यालो सम्झिदा मुस्कुराई दियो
पुराना दिन सम्झि यादहरु सँगली
मनमनै एकान्तमा हिजो झै हासिदियो

[verse 3]
यो अन्धकार गई, ज्योति चम्किए पछि
मलाई नि हासखेल गर्न मन छ
यो भौतारी हिँडेको आत्मा कसैसँगै आई
अँगालोमा बाधिरहन मन छ
तर भिझिहिँड्छु आज
छैन कोई वरिपरी
यो आँशु सँगै बगिरहेछन्
थोप्पा थोप्पा झरी


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...