lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu the shadows ‘nepal’ – abasaad

Loading...

[verse 1]
अनन्त संघर्ष बोकेर अवसादमा
मेरो साँचो रङहरु के बुझछन समाजले यहाँ
म भित्रको अर्को मान्छे म सँग लड्न खोज्छ
मलाई नै जित्न खोज्छ अनि डराउँछु म
म भित्रको अर्को मान्छे मलाई नै दबाउँछ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म

[verse 2]
जो भेट्छु सोध्छन् मलाई के छ मेरो खबर
झुक्किन्छु म समाल्छु तर म ठिकै छु
मेरो हरेक युद्धहरू म एक्लै नै लड्ने गर्छु
आफै नै जित्ने गर्छु आफै हार्छु म
मेरो हरेक पानाहरु अन्धकारले कोर्न गर्छन्
म एक्लै नै जुध्ने गर्छु तर जिउँदै छु म

[verse 3]
म भित्रको रंगमंचमा, म आफै नै नाच्ने गर्छु
म आफै कराउँछु आफै निसासिन्छु
म भित्रको अर्को मान्छे म सँगै लड्न खोज्छ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...