lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sanup paudel – daiba hey [from movie “manjari”]

Loading...

[verse 1]
कहिले आउँछ होला, त्यो एकदिन।
जहाँ भारी नहोस, यो जीवन।
जहाँ एउटै बनोस, बिपना सपना।
अनि बैरी नहोस, आफ्नै मन।

[भीडमा खोजुँ कि, एकान्तमा खोजुँ।
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ।
दैव हे…. त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ।]…२

[verse 2]
उडाउँछौ कहिले आकाशमा, बादल सरी हो।…२
झारी दिन्छौ फेरि किन, बनाई झरी।
बग्छु म फेरि पनि, खहरेकै भेल बनी।
लहरहरु दियौ, सागर छ खै कहाँ।
सपनाहरु दियौ, संसार खै कहाँ।
दैव हे…. त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ।

[verse 3]
यति धेरै नाता र साईनो, सब निभाउनु नै छ हो।…२
एउटा नाता जोड्न अरु फुकाउनु रै छ।
सुल्झाउन खोज्छु जति, बल्जिन्छ गाँठो परि।
नाता हरु संगै, बन्धन दियौ किन।
सपना हरु संगै, उल्झन दियौ किन।
दैव हे…. त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ।


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...