lirik lagu narayan gopal - manche ko maya yaha
Loading...
मान्छेको माया यहाँ
खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने
लहरेको बानी जस्तो
मान्छेको माया यहाँ
आँखाको नानी जस्तो
यो रात फकाई आउने
सुन्दर विहानी जस्तो
माया त जोवनको आवेश
मात्र नै हो
तिर्खाको अर्को राम्रो
एक भेष मात्र नै हो
एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल
आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ
ढुकढकी केही छैन
मान्छेको माया यहाँ
खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने
लहरेको बानी जस्तो
मायाको विशालता यो आकाश
धर्ती नै हो
माया त साँच्ची सुन्दर
आत्माको मुर्ति नै हो
सुन्दर आत्माको मुर्ति
नै हो
तिमी पानीलाई आकार दिने
कोशिस नगर
तिमी हावालाई सद्भाव
दिने कोशिस नगर
मान्छेको माया यहाँ
आँखाको नानी जस्तो
मान्छेको माया यहाँ
खोलाको पानी जस्तो
यो रात फकाई आउने
सुन्दर विहानी जस्तो
किनारालाई छोई भाग्ने
लहरेको बानी जस्तो
Lirik lagu lainnya:
- lirik lagu quintessenz - stress
- lirik lagu addivt - usa
- lirik lagu mayheem - live life for what
- lirik lagu raymond & maria - det går aldrig att bli dum igen
- lirik lagu the holloways - generator
- lirik lagu t.i. - tik tik boom
- lirik lagu thejonesmob - the pink
- lirik lagu cole plante - if i fall
- lirik lagu mantisthemiasma - contradictions
- lirik lagu zotiyac - talk shit